अध्यक्ष नेपालद्वारा इदको शुभकामना

काठमाडाैं | असार २६, २०७९

अध्यक्ष नेपालद्वारा इदको शुभकामना

 

काठमाण्डौँ:    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले  राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।मुस्लिम समुदायको इद–उल–अजाह (बकर–इद) पर्वका अवसरमा उहाँले एक विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको छ भन्नुभयो । 


भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने  पूर्वप्रधानमन्त्री नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  उहाँले विज्ञप्तिमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

 

मुस्लिम समुदायका समस्या समाधान गर्दै समाजवादको आधार तयार गर्ने तथा आपसी सद्र सहिष्णुता अभिवृद्धि गरी प्रगतिशील समाज निर्माण गर्न यस पर्वले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्